अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली बालुवाटारमा, नयाँ गठबन्धनको खाका तय गरिने

एमाले अध्यक्ष ओली बालुवाटारमा, नयाँ गठबन्धनको खाका तय गरिने


काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार जानुभएको छ । अध्यक्ष ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न बालुवाटार जानुभएको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँग गठबन्धन भत्काएपछि नयाँ गठबन्धनको खाका तय गर्न अध्यक्ष ओली बालुवाटार जानुभएको उहाँको सचिवालयले जनाएको छ ।

यसअघि आज बिहान बसेको एमाले सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डले अहिलेको गठबन्धन भत्काए नयाँ ढंगले छलफल गर्न तयार रहेको निष्कर्ष निकालेको थियो । यस्तै सचिवालय बैठकपछि अध्यक्ष ओलीसँग जनमत पार्टीका अध्यक्ष सिके राउतले भेटवार्ता गर्नुभएको थियो ।