अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तीन मन्त्रीको शपथ गराउने प्रधानमन्त्रीद्वारा राष्ट्रपतिलाई जानकारी

तीन मन्त्रीको शपथ गराउने प्रधानमन्त्रीद्वारा राष्ट्रपतिलाई जानकारी


काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज तीन जना बिना विभागीय मन्त्री बनाउने भएका छन्।

प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुग्नुभएको छ। राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्रीले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने जानकारी दिनु भएको छ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीले आज ३ जना बिना विभागीय मन्त्री बनाउन लागेको राष्ट्रपतिसमक्ष जानकारी गराउनु भएको हो।

प्रधानमन्त्री प्रचण्डले एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डिपी अर्याललाई बिना विभागीय मन्त्री बनाउने मौखिक जानकारी राष्ट्रपतिलाई गराउनु भएको छ। लिखित जानकारी केही बेरपछि पठाइनेछ।

आज पाँच बजे शपथको कार्यक्रम आयोजना गरिने बताइएको छ।