अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रानीतिमा जस्तो फेरबदल आए पनि मिसन-८४ छोड्दैनौँ: अध्यक्ष ओली

रानीतिमा जस्तो फेरबदल आए पनि मिसन-८४ छोड्दैनौँ: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिमा जेजस्तो फेरबदल आए पनि मिसन २०८४ नछाड्ने बताउनु भएको छ।

पार्टीकाे जनवर्गीय संगठन जिफन्टले साेमबार आयाेजना गरेकाे कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो।

देशकाे परिस्थिति जेसुकै भएपनि पार्टीले मिसन ८४ काे अभियान नछाड्ने अध्यक्ष ओलीले बताउनुभयाे ।

अध्यक्ष भन्नुभयाे, ‘तपाइँहरुलाई थाहा छ- देशकाे परिस्थिति आजकाे दिन अलि छिटाेछिटाे हिँड्न खाेजेकाे छ। जे जति परिवर्तन भए पनि हामी मिसन २०८४ छाड्दैनौं । एमालेलाई निर्णायक शक्तिको रुपमा विकास गर्ने उद्देश्यको साथ मिसन चौरासी भनेको हो । त्यसको मापन मात्र निर्वाचनले गर्छ।’ एमाले निर्णायक शक्ति भएमात्र राष्ट्रियता र सार्वभौमसत्ताको रक्षा हुने उहाँले बताउनुभयो।

देशमा व्यवस्था फेरियाे अवस्था फेरिएन भनेर गलत भाष्य बनाउन खाेजिएकाे भन्दै अध्यक्ष ओलीले देश धेरै अगाडि बढेकाे बताउनुभयाे ।

कार्यक्रममा अध्यक्ष ओलीले मजदुरहरुको ज्याला र पारिश्रमिक वृद्धि हुनुपर्ने पनि बताउनुभयो । कतिपयले मजदुरहरुको पारिश्रमिक बढ्दा महँगी बढ्छ भन्ने गरेको भन्दै ओलीले त्यो तर्क गलत भएको बताउनुभयो। त्यसो हुने भए त अहिले जम्मा १५ हजार पारिश्रमिक हुँदा महँगी नबढ्नुपर्ने हो नि तर दिनदिनै बढिरहेको छ।

मजदुरहरुको अवस्थामा फेरबदल ल्याएको भन्दै जिफन्टको प्रशंसा गरेका अध्यक्ष ओलीले अब अझ राम्रो अवस्थाको लागि काम गर्न सुझाव दिनुभयो।