अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी

बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी


काठमाडौं-प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ गठबन्धनमा शक्ति बाँडफाँटमा सहमति जुटाउन नेताहरूको बैठक जारी छ।

नेकपा एमाले-माओवादी-रास्वपा-जसपा सम्मिलित गठबन्धनको बैठक केही बेरअघिबाट सुरू भएको हो। बैठकमा एमाले, माओवादी केन्द्र र रास्वपाका शीर्ष नेताहरु सहभागी हुनुहुन्छ।

बालुवाटार छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुहुन्छ। त्यस्तै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन मगर, जसपाका  राजेन्द्र श्रेष्ठ र रास्वपाका स्वर्णिम वाग्ले पनि सहभागी हुनुहुन्छ।

आजै साँझ एमाले, माओवादी र रास्वपाका एकएकजना गरी तीनजनालाई विनाविभागीय मन्त्रीको शपथ गराउने तयारी छ।

सीट तथा मन्त्रालय बाँडफाँटलगायत आन्तरिक व्यवस्थापन मिलाउन ४ सदस्यीय कार्यदल बनिसकेको छ। कार्यदलमा एमालेबाट विष्णु पौडेल, माओवादीबाट वर्षमान पुन, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव रहेका छन् ।