अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नवनियुक्त तीन मन्त्रीद्वारा शपथ

नवनियुक्त तीन मन्त्रीद्वारा शपथ


काठमाडौँ-नवनियुक्त तीन मन्त्रीले शपथ लिनुभएकाे छ।

राष्ट्रपति भवनमा आयोजित शपथ समारोहमा राष्ट्रपति पौडेल समक्ष बिना विभागीय मन्त्री नेकपा (एमाले)का पदम गिरी, नेकपा (माओवादी केन्द्र)का हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्यालले सोमबार पद तथा गोपनीयताको शपथ लिनुभएको हो।

शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसहित संवैधानिक निकायमा प्रमुख, कूटनीतिक नियोगका उच्च अधिकारी र उच्च पदस्थ सरकारी कर्मचारीको उपस्थिति थियो। 

प्रधानमन्त्री प्रचण्डले यसअघि सोमबार दिउँसो मौजुदा मन्त्रिपरिषद्‍ फेरबदल गर्दै तीन सदस्यीय बिना विभागीय मन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नुभएको थियो। प्रधानमन्त्रीको सिफारिस अनुसार नियुक्त भएका तीन मन्त्रीले राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्। 

२०७९ पुस ११ गते नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्नुभएपछि १३ औँ पटक मन्त्रिपरिषद् हेरफेर भएको छ। २०७९ को पुसदेखि चैतसम्म सात पटक मन्त्रीको जिम्मेवारी फेरबदल भयो। २०८० सालको वैशाखदेखि फागुन २१ गते सोमबारसम्म ६ गरेर १३ औँ पटक मन्त्रिपरिषद् हेरफेर भएको हो।