अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

को हन् एमाले युवा नेता पदम गिरी

को हन् एमाले युवा नेता पदम गिरी


काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन बिना विभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। 

राष्ट्रपति भवनमा आयोजित शपथ समारोहमा राष्ट्रपति पौडेल समक्ष बिना विभागीय मन्त्री नेकपा (एमाले)का पदम गिरी, नेकपा (माओवादी केन्द्र)का हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्यालले सोमबार पद तथा गोपनीयताको शपथ लिनुभएको हो।

शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसहित संवैधानिक निकायमा प्रमुख, कूटनीतिक नियोगका उच्च अधिकारी र उच्च पदस्थ सरकारी कर्मचारीको उपस्थिति थियो। 

को हन् एमाले युवा नेता पदम गिरी

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरी बुवा बेल गिरी र माता सिताकुमारी गिरीका सुपुत्र हुनुहुन्छ। उहाँको जन्म २०३३ साल फागुन २८ गते पर्वतको दुर्लुङमामा भएको हो। उहाँको बाल्यकाल पर्वतकै दुर्लुङमा बिताउनु भएको हो।

२०४७ सालमा अनेरास्ववियुको विद्यालय कमिटीबाट उहाँ संगठित हुनुभएको हो। २०७४ सालमा उहाँ पर्वतको काफलचौरु माविबाट अनेरास्ववियुमा संगठित हुनुभएको हो।

२०५५ सालमा पृथ्वीनारायण क्याम्पसमा उहाँ स्ववियु सदस्य बन्नुभयो। त्यसपछि उहाँले स्ववियुको उपसभापति हुँदै सभापतिको जिम्मेवारी सम्हाल्नुभयो। क्याम्पसको राजनीति हुँदै उहाँ नेकपा जिल्ला कमिटी पर्वतको सदस्य, जिल्ला कमिटी अध्यक्ष बन्नुभयो। २०७४ सालको निर्वाचनमा उहाँ पहिलो पटक संघीय संसदमा निर्वाचित हुनुभयो।

२०७९ सालको निर्वाचनमा उहाँ पर्वत क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको हो। उहाँसँग स्वास्थ्य तथा जनसंख्या मन्त्री भएर काम गरेको अनुभव छ। स्नातकोत्तर तहसम्मको अध्ययन गर्नुभएका नेता गिरी एमालेभित्र प्रभावशाली युवा नेताको रुपमा परिचित हुनुहुन्छ। पार्टी केन्द्रीय सदस्य  गिरी एमाले प्रतिनिधि सभाका प्रमुख सचेतक हुनुहुन्छ।