अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नयाँ समीकरण

राष्ट्रिय सभाको अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेले लिने सहमति

राष्ट्रिय सभाको अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेले लिने सहमति


काठमाडौँ-नयाँ गठबन्धनका चार राजनीतिक दलबीच सत्ता सहकार्यका लागि ८ बुँदे सहमति भएको छ।  

सहमतिपत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव र रास्वपाका सभापति रवि लामिछानेले हस्ताक्षर गर्नुभएको छ।

सहमति अनुसार रिक्त रहेको राष्ट्रिय सभाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेद्वार र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेद्वारलाई समर्थन गर्ने दलहरुबीच सहमति भएको हो।

हाल राष्ट्रिय सभाको उपाध्यक्ष पद रिक्त छैन । माओवादी केन्द्रबाट निर्वाचित उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष हुनुहुन्छ। माओवादी केन्द्रले अर्याललाई राजीनामा गराएर अध्यक्ष लिने भएपछि उपाध्यक्षमा एमालेले उम्मेदवारी दिने भएको छ। राष्ट्रिय सभामा अध्यक्ष र उपाध्यक्ष एकै दलबाट हुन नपाउने व्यवस्था छ।

यसअघि राष्ट्रिय सभाको अध्यक्षमा एमालेबाट निर्वाचित गणेशप्रसाद तिमिल्सिनाको आइतबार पदावधि सकिएको छ। गठबन्धनमा सहमतिपछि माओवादी केन्द्रले उपाध्यक्ष अर्याललाई राजीनामा गराएर अध्यक्षमा उम्मेदवारी दिने भएको हो।