अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रालयको भागबन्डा गरिने

सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रालयको भागबन्डा गरिने


काठमाडौँ– मन्त्रालयको भागबन्डा गर्न सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । बैठक आज दिउँसो ३ बजे बस्न लागेको हो ।

नयाँ गठबन्धनमा मन्त्रालय र सिट बाँडफाँटको टुंगो लगाउन सोमबार चार सदस्यीय कार्यदल बनाइएको थियो । 

कार्यदलमा नेकपा ९एमाले०का तर्फबाट उपाध्यक्ष विष्णु पौडेल, नेकपा (माओवादी केन्द्र)बाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०बाट सभापति रवि लामिछाने र जनता समाजवादी पार्टी (जसपा)बाट अध्यक्ष उपेन्द्र यादव हुनुहुन्छ ।

कार्यदलले मन्त्रालय र मन्त्रीबारे टुंगो लगाएर त्यसको विवरण गठबन्धन बैठकमा प्रस्तुत गर्ने  छ । त्यस आधारमा मन्त्रालयको भागबण्डा गरिने बताइएको छ ।