अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नयाँ गठबन्धनलाई वामदेवको समर्थन, भन्नुभयो– नेकपा विभाजन महाभूल थियो भन्ने पुष्टि भयो

नयाँ गठबन्धनलाई वामदेवको समर्थन, भन्नुभयो– नेकपा विभाजन महाभूल थियो भन्ने पुष्टि भयो


काठमाडौँ– नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले नयाँ गठबन्धनलाई समर्थन गर्नुभएको छ । 

गौतमले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै नयाँ सत्ता गठबन्धनलाई समर्थन गर्ने ६ कारण रहेको उल्लेख गर्नुभएको छ । उहाँले अहिलेको गठबन्धनले सही राजनीतिक दिशा पकडेको उल्लेख पनि गर्नुभएको छ । 

विज्ञप्तिमा गौतमले भन्नुभएको छ, ‘नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डको पहलमा हिजो २१ फागुन २०८० का दिन नेपालको राजनीति र सत्ता सम्बन्धमा नयाँ गठबन्धन सुरु भएको छ। हाम्रो पार्टीले हिजो बिहानै यो गठबन्धनलाई समर्थन गरिसकेका छौ । हाम्रो समर्थन वा विरोधले राष्ट्रिय राजनीतिमा कुनै फरक पार्दैन। तथापि हामीले आफ्नो पङ्क्तिलाई स्पष्ट पार्न यो वक्तव्य जारी गर्नुपरेको हो ।’

यस्ता छन् समर्थन गर्नुका कारण:

१) कम्युनिस्ट र कांग्रेसले उत्पादन पद्धतिमा दुई विपरीत तत्त्वको प्रतिनिधित्व गर्दछन् । अहिलेको गठबन्धनले सही राजनीतिक दिशा पकडेको छ ।

२) अब नेपाली कांग्रेस पार्टी बिपी कोइरालाको राजनीतिक लाइनमा हिँड्छ होला ।

३) सत्ता स्वाद लिन जे पनि गर्ने राजनीतिक भाँडभैलो अन्त्य हुन्छ होला ।

४) अव वास्तविक राजनीतिक प्रतिस्पर्धामा जनता खुसी भएर सामेल हुने छन् ।

५) २०७७ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन गर्नु महाभूल थियो भन्ने पुष्टि भएको छ ।

६) हाम्रो सीधा लप्पनछप्पनविनाको आशा र विश्वास यही नै हो । तर, हाम्रो आशा बमोजिम भएन भने पनि पश्चात्ताप गर्न पर्ने छैन ।