अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीको नेतृत्वमा वामपन्थीहरूको ध्रुवीकरण सम्भव छ : एमाले नेता रिजाल 

अध्यक्ष ओलीको नेतृत्वमा वामपन्थीहरूको ध्रुवीकरण सम्भव छ : एमाले नेता रिजाल 


काठमाडौँ– नेकपा एमालेका नेता विष्णु रिजाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा वामपन्थीहरूको ध्रुवीकरण सम्भव रहेको बताउनुभएको छ । एमाले र नेकपा माओवादीसहितको नयाँ सत्ता गठबन्धन बनेपछि नेता रिजालेल अध्यक्ष ओलीको नेतृत्वमा वामपन्थीहरूको ध्रुवीकरण सम्भव, उचित र आवश्यक रहेको बताउनुभएको हो । 

उहाँले भन्नुभएको छ,’जे भएको छ, राम्रो सुरुआत भएको छ । नेकपा (एमाले) का श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा वामपन्थीहरूको ध्रुवीकरण सम्भव छ, उचित छ र आवश्यक छ । टुटेको शृंखला पुनः जोडिएको छ, सुखद र दुखद दुवै अनुभवसहित । यसै पनि ठेस लागेपछि मानिसले होसियारीका साथ पाइला चाल्छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग सत्ता समीकरण गर्नुभएको छ ।