अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालुवाटारबाट माधवलाई ओलीको फोन: म आउन पाइनँ, प्रचण्डजीले गर्ने कुरा मेरो पनि त्यहीं हो

बालुवाटारबाट माधवलाई ओलीको फोन: म आउन पाइनँ, प्रचण्डजीले गर्ने कुरा मेरो पनि त्यहीं हो


काठमाडौं-नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच टेलिफोन वार्ता भएको छ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सत्ताको भागबन्डा मिलाउन पुग्नुभएका अध्यक्ष ओलीले हिजो साँझ अध्यक्ष नेपाललाई टेलिफोन गर्नुभएको हो। अध्यक्ष ओलीले अध्यक्ष नेपाललाई टेलिफोन गरेर नयाँ गठबन्धनमा सहभागी हुन प्रस्ताव गर्नुभएको बुझिएको छ।

सोमबार साँझ प्रधानमन्त्रीसमेत रहनुभएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेपाल निवास कोटेश्वर पुगेर नेपाललाई नयाँ गठबन्धनमा सहभागी हुन आग्रह गर्नुभएको थियो । उक्त आग्रह आफ्नो पनि रहेको भन्दै ओलीले नेपाललाई टेलिफोन गरेर जानकारी गराउनुभएको हो।

आफू आउन नसकेको भन्दै अध्यक्ष ओलीले नेपालको स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ। जवाफमा अध्यक्ष नेपालले गठबन्धनमा सहभागी हुनेबारे छलफल गर्न सकिने बताउनुभएको छ।

‘अस्वस्थ हुनुहुँदो रहेछ। स्वास्थ्यलाभको कामना छ’ भनेपछि नेपालले धन्यवाद दिनुभयो। त्यसपछि ओलीले भन्नुभयो, ‘म आउन पाइनँ । प्रचण्डजी आउँदै हुनुहुन्छ। उहाँले राख्ने कुरा मेरो पनि हो है।’

अध्यक्ष नेपालले भन्नुभयो, ‘ठीक छ, छलफल गर्न सकिन्छ।’

नेताहरूबीच दुई-तीन मिनेट मात्रै कुरा भएको थियो। अध्यक्ष ओलीले फोन गरेको केही मिनेटमै प्रचण्ड नेपाल निवासमा पुग्नुभएको थियो।