अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एकीकृत समाजवादीले बोलायाे सचिवालय बैठक

एकीकृत समाजवादीले बोलायाे सचिवालय बैठक


काठमाडौं-नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ। बुधवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेगरी बैठक बोलाएको सो पार्टीका केन्द्रीय कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो।

‘बुधवार ११ बजे सचिवालय बैठक बोलाइएको छ। विकसित राजनीतिक घटनाक्रम र महाधिवेशनबारे छलफल हुन्छ’, श्रेष्ठको भनाइ छ। एमालेसहितको नयाँ समीकरण बनेपछि एकीकृत समाजवादीलाई सरकारमा आउन प्रधानमन्त्री प्रचण्डले आग्रह गरिसकेका छन्।