अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णाली प्रदेश: कांग्रेसका तीन मन्त्रीद्वारा राजीनामा

कर्णाली प्रदेश: कांग्रेसका तीन मन्त्रीद्वारा राजीनामा


सुर्खेत-कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली काङ्ग्रेसका तीन मन्त्रीहरूले राजीनामा दिनुभएको छ।

केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन फेरेपछि नेपाली कांग्रेसको तर्फबाट सरकारमा सहभागी रहेका तीन मन्त्रीले राजीनामा दिनुभएको हो।

कांग्रेसबाट अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण कुमार बिसीले मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा बुझाएका हुन्।

राजीनामा बुझाउनुअघि तीनै मन्त्रीले आफ्नो कार्यकालमा गरेको कामको प्रगति विवरण पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेका थिए।