अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपालसँग भेटपछि अध्यक्ष ओलीले भन्नुभयो: सकारात्मक कुराकानी भयाे

माधव नेपालसँग भेटपछि अध्यक्ष ओलीले भन्नुभयो: सकारात्मक कुराकानी भयाे


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादी पनि सहभागी हुने सकारात्मक वातावरण बनेको बताउनु भएको छ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको छलफलपछि अध्यक्ष ओलीले यस्तो प्रतिक्रिया दिनुभएको हो।

अध्यक्ष नेपालको कोटेश्वरस्थित निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेतको उपस्थितिमा भएको वार्तालाई अध्यक्ष ओलीले सकारात्मक कुरा भएको बताउनु भयो ।

माधव नेपाल पनि नयाँ सत्ता गठबन्धनमा सहभागी हुने हाे ? भन्ने पत्रकारले सोधेको प्रश्नको जवाफमा अध्यक्ष ओलीले भन्नुभयो, ‘एफरमेटिभ’ ।

अध्यक्ष ओलीको भनाइलाई पुष्टि गर्दैै एमाले महासचिव शंकर पोखरेलले गठबन्धनमा अन्य दलहरुलाई सहभागी गराउने प्रयास भइरहेको र माधव नेपाल पनि सकारात्मक रहेको बताउनुभयो । उहाँले यसबारेमा भोलि टुंगो लाग्ने जानकारी दिनुभयो।

करिब २ घण्टा लामो छलफलपछि बाहिरिएका अध्यक्ष ओलीले माधव नेपालको स्वास्थ्य अवस्था बुझ्न आफू आएको र यसक्रममा देशको परिस्थितिबारे छलफल भएको प्रतिक्रिया दिनुभयो। प्रधानमन्त्री प्रचण्ड भने प्रतिक्रिया नदिई बाहिरिएका थिए ।