अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्ता गठबन्धनमा थपिने दलको संख्या निश्चित भएपछि सिट बाँडफाँटको टुङ्गो लगाइने

सत्ता गठबन्धनमा थपिने दलको संख्या निश्चित भएपछि सिट बाँडफाँटको टुङ्गो लगाइने


काठमाडौँ– सत्ता गठबन्धनमा थपिने दलहरूको संख्या निश्चित भएपछि मात्र सिट बाँडफाँटको टुङ्गो लगाउने भइएको छ । 

यसअघि सत्तामा रहेका नेकपा एकीकृत समाजवादी, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीले आन्तरिक छलफल गरेर निर्णय दिने भनेकाले सिट बाँडफाँटको टुङ्गो नभएको हो । 

सिट बाँडफाँटको टुंगो लगाउन हिजो प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको बैठक बसेको थियो । 

 साँझ ६ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेट्न कोटेश्वर गएपछि बैठक स्थगित भएको हो । साना दलहरूको निर्णय आएपछि कार्यदलको बैठक बस्ने र  सिट बाँडफाँटको टुङ्गो लगाइने कार्यदलका एक सदस्यले बताए ।