अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रालयको बाँडफाँट मिलाउने तयारी

सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रालयको बाँडफाँट मिलाउने तयारी


काठमाडौँ– मन्त्रालयको बाँडफाँट मिलाउन सत्ता गठबन्धनको बैठक आज बस्दैछ । सत्ता गठबन्धनको बैठक आज बिहान ११ बजेपछि बस्ने भएको हो । 

यसअघि हिजो बसेको  कार्यदलको बैठकमा गठबन्धनमा थपिने दलहरूको संख्या निश्चित भएपछि मात्र सिट बाँडफाँटको टुङ्गो लगाउनेबारे छलफल भएको थियो । 

नेकपा एकीकृत समाजवादी, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीले आन्तरिक छलफल गरेर निर्णय दिने भनेकाले आज गठबन्धनको बैठक बसेर मन्त्रालयको बाँडफाँट मिलाउन तयारी गरिएको कार्यदलका एक सदस्यले जानकारी दिए ।