अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक बस्दै

 एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक बस्दै


काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)ले नयाँ गठबन्धनको सरकारमा सहभागिता हुने/नहुने  विषयलाई टुङ्गो लगाउन आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ । 

पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा बुधबार बिहान ११ बजे बोलाइएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमलगायत विविध विषयमा छलफल हुने  पार्टीको केन्द्रीय सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।

पुरानो सत्ता गठबन्धन भत्किएर नयाँ समीकरणको विकास भएपछि नेकपा (माओवादी केन्द्र ) र नेकपा (एमाले) ले एकीकृत समाजवादी पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गरेको छ ।  

बैठकमा पार्टीले सत्ता समीकरणको उद्देश्य, निर्णय र प्रक्रियाबारे जानकारी लिने र दृष्टिकोण तय गर्ने सचिव श्रेष्ठले बताउनुभयो ।