अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले संखुवासभाको नयाँ नेतृत्व चयन, अध्यक्षमा राई सर्वसम्मत निर्वाचित 

एमाले संखुवासभाको नयाँ नेतृत्व चयन, अध्यक्षमा राई सर्वसम्मत निर्वाचित 


काठमाडौँ– नेकपा एमाले संखुवासभाको नयाँ नेतृत्व चयन भएको छ । एमाले संखुवासभाको नवौँ जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशनले खड्ग राईको नेतृत्वमा जिल्ला कमिटी चयन गरेको निर्वाचन अधिकृत भविस्वर गुरुङले जानकारी दिनुभयो । 

एमाले संखुवासभामा सर्वसम्मत र निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन गरिएको उहाँले बताउनुभयो ।अध्यक्षमा खड्ग राई सर्वसम्मत निर्वाचित हुँदा  अन्य पदमा भने निर्वाचन भएको थियो ।

उपाध्यक्षमा शान्तिकुमार दाहाल विजयी हुनुभएको छ । यस्तै सचिवमा गोपाल श्रेष्ठ, उपसचिवमा लेखनाथ बुढाथोकी र सुनिता कटुवाल विजयी हुनुभएको छ ।