अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेसँग तत्काल कार्यगत एकता गरेर जान सकिन्छः झलनाथ खनाल

एमालेसँग तत्काल कार्यगत एकता गरेर जान सकिन्छः झलनाथ खनाल


काठमाडौँ-नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमालेसँग तत्कालका लागि कार्यगत एकता गरेर जान सकिने बताउनु भएको छ।

वामपन्थी एकताका पक्षमा वकालत गरिरहेका नेता खनालले कार्यगत एकताका लागि सोच्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘नेकपा एमाले र नेकपा एकीकृत समाजवादीको बीचमा एकता कहिल्यै हुनु हुँदैन भन्ने छैन। वैचारिक, राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तमा एकता हुनुपर्छ। त्यसो हुनाले त्यो कुरामा मिल्दै गयो भने एकता हुन्छ । अहिले चाहिँ यो कार्यगत एकता हो। कार्यगत एकता आफैँमा एउटा महत्त्वपूर्ण स्टेप हो।’

उहाँले वैचारिक, राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तमा कुरा मिल्दै गएपछि एमालेसँग एकीकरण गरेर जान कुनै समस्या नहुने स्पष्ट पार्नुभयो।

नेताहरूमा भएका पूर्वाग्रह र इगो अन्त्य हुनुपर्ने उहाँले बताउनु भयो ।