अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादीबाट परराष्ट्रमा नारायणकाजी र अर्थमा वर्षमान पुन

माओवादीबाट परराष्ट्रमा नारायणकाजी र अर्थमा वर्षमान पुन


काठमाडौं-नयाँ गठबन्धन सरकारमा नेकपा माओवादी केन्द्रले पनि दुई मन्त्रीको नाम टुंग्याे लगाएको छ । जसअनुसार वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई परराष्ट्र र अर्थमा उपमहासचिव वर्षमान पुनलाई पठाइने भएको पार्टी स्रोतले जनाएको छ।

नेपाली कांग्रेससहितको तत्कालीन गठबन्धका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई परराष्ट्रमन्त्री बनाउन लागेको एक स्राेतले जनाएको हो।

यसअघि हितबहादुर तामाङले मन्त्रीको शपथ लिइसकेका छन् ।

सोमबार बनेको नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित सत्ता गठबन्धनबीच मन्त्रालयको भागबन्डा टुंगिएको हो।भागबन्डा मिलेसँगै बुधबार साँझसम्म शपथग्रहणको तयारी अघि बढाइएको छ। स्रोतका अनुसार नयाँ मन्त्रीहरूको सपथ आजै साँझ ५ बजे गर्ने तयारी छ। 

जसअनुसार नेकपा एमालेलाई ८, माओवादी केन्द्रलाई ५, रास्वपालाई ४ र जसपालाई २ मन्त्रालय दिने समझदारी बनेको छ। त्यसअनुसार आजै मन्त्रीहरू टुंगो लगाएर शपथ तयारी गरिएको बालुवाटारनिकट स्रोतले बताएको छ।