अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एकीकृत समाजवादी पनि सरकारमा जाने

नेकपा एकीकृत समाजवादी पनि सरकारमा जाने


काठमाडौं-माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी नयाँ गठबन्धन सरकारमा सहभागी हुने भएको छ। 

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बुधबार बसेको सचिवालय बैठकले दुई मन्त्रालय लिएर नयाँ गठबन्धन सरकारमा जाने निर्णय गरेको हो। 

नेकपा एसले संघीय मामिला तथा सामान्य प्रशासनसहित २ मन्त्रालय लिएर सरकारमा सहभागी हुने र आजै मन्त्रीहरुको शपथग्रहण समेत हुने प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ।

प्रदेश सरकारमा समेत एक मुख्यमन्त्री नेकपा एसले दावी गरेको छ।