अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नयाँ मन्त्रीहरूको शपथ आज साँझ ५ बजे

नयाँ मन्त्रीहरूको शपथ आज साँझ ५ बजे


काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ। नयाँ मन्त्रीहरूलाई शीतल निवासमा साँझ ५ बजे शपथ ग्रहणको तयारी गरिएको हो।

नेकपा एमालेबाट पार्टी सचिव रघुवीर महासेठले गर्ने भएका छन् । भौतिक पूर्वाधार मन्त्रालयसहित महासेठलाई सरकारको नेतृत्व गरेर एमालेले पठाउने भएको हो।

एमालेबाट एक राज्यमन्त्रीसहित ८ मन्त्री बन्ने भएका छन् । जसमध्ये पदम गिरी मन्त्री भइसक्नुभएको छ भने बाँकी ८ जनामध्ये महासेठको नाम टुंगिएको हो।

माओवादीबाट थप दुई मन्त्रीले शपथ लिने भएका छन् । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ परराष्ट्र र उपमहासचिव वर्षमानले अर्थमन्त्री बन्दै हुनुहुन्छ । यसअघि हितबहादुर तामाङले मन्त्रीको शपथ लिइसक्नुभएको छ।

रास्वपाले पनि थप तीनजना मन्त्री टुंग्याएको छ । रास्वपा अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्ने भएका छन् ।शिक्षामन्त्रीमा रास्वपाले सुमना श्रेष्ठलाई बनाउने भएका छन् । संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री बन्ने भएका छन् ।

उपसभापति डीपी अर्याललाई श्रममा पठाइने भएको छ । उहाँले यसअघि शपथ लिइसक्नुभएको छ ।