अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यी हुन् माओवादीबाट सरकारमा जाने ५ मन्त्री

यी हुन् माओवादीबाट सरकारमा जाने ५ मन्त्री

परराष्ट्रमा नारायणकाजी श्रेष्ठ र अर्थमा वर्षमान पुन


काठमाडौं-नेकपा माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको छ।

बुधबार बिहान बसेको नयाँ गठबन्धनको बैठकबाट माओवादी केन्द्रले पाँच मन्त्रालय पाउने टुंगो लागेको हो। मन्त्रालय टुंगो लागेसँगै माओवादीले सरकारमा जाने मन्त्रीहरू पनि टुंग्याएको छ। 

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ परराष्ट्र मन्त्री बन्ने भएका छन्। त्यस्तै उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बन्ने भएका हुन्। सञ्चार मन्त्रीका रूपमा फेरि रेखा शर्मालाई पठाउने भएको छ। त्यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीका रूपमा शक्ति बस्नेतले निरन्तरता पाउँदा हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने भएका छन्।

अघिल्लोपटक पर्यटन मन्त्री भएका सुदन किराती भने बाहिरिएका छन्। 

कांग्रेससँगको गठबन्धन सरकारमा चार मन्त्री पाएको माओवादीले नयाँ गठबन्धनबाट पाँच मन्त्रालय पाएको हो।