अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्मचारीहरूलाई मन्त्री भण्डारीको निर्देशन– सकारात्मक रिजल्ट आउने गरी काम गर्नू 

कर्मचारीहरूलाई मन्त्री भण्डारीको निर्देशन– सकारात्मक रिजल्ट आउने गरी काम गर्नू 


काठमाडौँ– नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सकारात्मक रिजल्ट आउने गरी काम गर्न मन्त्रालयका कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ । हिजो साँझ राष्ट्रपति कार्यालयबाट शपथग्रहण पश्चात् मन्त्रालयमा आयोजित परिचयात्मक कार्यक्रममा उहाँले उक्त निर्देशन गर्नु भएको हो।

‘म फेरि अर्को पटक झण्डै एक वर्षपछि यो जिम्मेवारीमा फर्किएको छु। मैले पाएको यो जिम्मेवारीलाई सही ढंगले काममा प्रयोग गर्नेछु । हाम्रा अघि धेरै चुनौतीहरू छन्,ती चुनौतीलाई सम्भावनामा बदल्ने हामी सबैको दायित्व हो। हामी सबैले आम जनतामा रहेको निराशालाई आशामा बदल्नु छ त्यसैले सबैको साथ सहयोगको अपेक्षा गर्दछु,’ मन्त्री भण्डारीले भन्नुभयो ।

उहाँले  दृढ इच्छाशक्तिका साथ आफ्नो सामर्थ्यलाई प्रयोग गरे हामी जनताको निराशालाई आशामा बदल्न सक्ने अठौटपनि व्यक्त गर्नुभयो । मन्त्री भण्डारीले काम गर्न नसक्ने छुट कसैलाई नभएको उल्लेख गर्नुभयो । 

‘हामी पन्छिन खोज्छौ भने त्यो दायित्व पूरा हुन सक्दैन । आजबाट कुनै बिचारका कारण कसैलाई विभेद हुँदैन तर काम गर्न तत्परता भएन भने ती व्यक्ति जुनसुकै पदमा भएपनि आफ्नो मार्ग प्रशस्त गर्नुपर्छ,’ उहाँले भन्नुभयो।

मन्त्री भण्डारीले सरकारको नयाँ संकल्प पूरा गर्नुपर्ने सबैको दायित्व भएको उल्लेख गर्नुभयो । उहाँले मन्त्रालय भित्र कामको रिजल्ट दिन सक्यौँ कि सकेनौ त्यसैको आधारमा सबैको मुल्यांकन हुने पनि बताउनु भयो । 

मन्त्री भण्डारीले लगानी सम्मेलनको तयारीलाई अझ परिष्कृत बनाउने उद्घोष गर्नुभयो। उहाँले बिहिबारबाट मन्त्रालयमा निश्चित समयमा निश्चित रिजल्ट आउनेगरी काममा लाग्न सबै मातहतका कर्मचारीहरूलाई निर्देशनसमेत गर्नुभयो।