अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद् बैठक : आजदेखि एमाले सत्ता पक्ष बेन्चमा बस्ने 

संसद् बैठक : आजदेखि एमाले सत्ता पक्ष बेन्चमा बस्ने 

जिम्मेवार सत्ता पक्षको भूमिका निर्वाह गर्नेछौँ : प्रमुख सचेतक बर्तौला 


काठमाडौँ– संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्न लागेको हो । 

प्रतिनिधिसभा ११ बजे र राष्ट्रियसभाको बैठक १:१७ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

संसद्का दुवै सदनमा आजदेखि नेकपा एमाले सत्ता पक्षको बेन्चमा बस्ने छ । यसअघि प्रमुख प्रतिपक्षको भूमिकामा रहेको एमाले आजदेखि सत्तापक्षको भूमिकामा बस्ने भएको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेससँगको गठबन्धन भत्काएर नेकपा एमालेसँग नयाँ सत्ता समीकरण गरेका छन् । नयाँ सत्ता समीकरणसँगै एमाले सत्तापक्ष र कांग्रेस प्रमुख प्रतिपक्षको बेन्चमा पुगेको हो ।  

एमाले प्रमुख सचेतक महेश बर्तौलाले आफूहरू संविधान अनुसार सत्ता पक्षको भूमिकामा बस्ने बताउनुभएको छ । यसअघि प्रमुख प्रतिपक्षमा हुँदा सरकारको निगरानी गर्ने भूमिकामा रहेको भन्दै उहाँले अब सत्ता पक्ष भएपछि जिम्मेवार सत्ता पक्षको भूमिका निर्वाह गर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो,’हिजो प्रतिपक्षमा हुँदा सरकारको निगरानी गर्ने भूमिकामा थियौँ । अब सत्ता पक्षमा भएपछि स्वाभाविक रुपमा सरकारको तबरबाट उपयुक्त डेलीभरिको माध्यमबाट नागरिकहरूका अपेक्षा पुरा गर्न र जिम्मेवार सत्ता पक्षको भूमिका निर्वाह गर्ने र त्यही भूमिकामार्फत आफूलाई प्रस्तुत गर्नेछौँ ।’ 

प्रमुख सचेतक बर्तौलाले संसद् जिम्मेवार सत्ता पक्ष र जिम्मेवार सरकार पक्ष भएकाले त्यही अनुसार संसद्लाई अगाडि बढाउने बताउनुभयो ।