अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतीय राजदूतले भन्नुभयो: गठबन्धन परिवर्तन नेपालको आन्तरिक मामिला हो, हामीलाई फरक पर्दैन

भारतीय राजदूतले भन्नुभयो: गठबन्धन परिवर्तन नेपालको आन्तरिक मामिला हो, हामीलाई फरक पर्दैन


 काठमाडौं-नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हालै भएको सत्ता समीकरणको परिवर्तन नेपालको आन्तरिक मामिला भएको बताउनु भएको छ ।

नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तसँग बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा भएको शिष्टाचार भेटमा राजदूत श्रीवास्तवले सत्ता समीकरणबाट भारतले नेपालप्रतिको धारणामा परिवर्तन नगर्ने स्पष्ट पार्नुभयो।

‘सत्ता समीकरणमा भएको फेरबदल नेपालको आन्तरिक मामिला हो’, उहाँ भन्नुभयो, ‘यही कारण भारतको नेपालप्रतिको दृष्टिकोणमा कुनै फेरबदल नआउने भारत सरकारको सन्देश रहेको जानकारी गराउन चाहन्छु।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग डेढ वर्षदेखि जारी सहकार्य सन्तोषजनक रहेको भन्दै उहाँले आगामी दिनमा पनि विश्वासका साथ काम गर्ने प्रतिबद्धता जनाउनु भयो।

श्रीवास्तवले नेपाल–भारत सम्बन्ध मौलिक रहेको चर्चा गर्दै उहाँले विगतमा जस्तै असल सम्बन्ध कायम रहने विश्वास पनि व्यक्त गर्नुभयो। आपसी विश्वासका साथ सहयोग र लगानीका काम निरन्तर गर्ने उहाँको प्रतिबद्धता थियो।