अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सचिवालय बैठक बस्दै, पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा हुने 

एमाले सचिवालय बैठक बस्दै, पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा हुने 


काठमाडौँ– सत्ता गठबन्धनको प्रमुख घटक नेकपा एमालेको सचिवालय बैठक आज बस्न लागेको छ । बैठक आज बिहान ९ बजे बस्न लागेको हो । 

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र सरकारमा अबको कामकारबाहीको कार्ययोजनाबारे छलफल हुने एमालेले जनाएको छ । 

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार बैठकमा पछिल्लो गठबन्धन, सरकारमा सहभागितासहितका विभिन्न जिम्मेवारी तथा यसअघि केन्द्रीय कमिटी बैठकमा प्रवेश भएका विषयमा छलफल हुनेछ ।