अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस

एमाले अध्यक्ष ओलीद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना व्यक्त 

एमाले अध्यक्ष ओलीद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना व्यक्त 


काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना व्यक्त गर्नुभएको छ । आज सामाजिक सञ्जालमा एसिड पीडितको फोटो शेयर गर्दै अध्यक्ष ओलीले ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना दिनुभएको हो । 

उहाँले लेख्नुभएको छ, ‘आमा हुन्, पोषक हुन्, भरोसा र ममता हुन् । त्यसैले नारी हुन् । अन्तर्राष्ट्रिय महिला दिवसको सबैलाई शुभकामना !’

आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम आयोजना गरेर मनाइँदै छ ।  विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट सुरु भएसँगै  हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आइएको छ ।