अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्ता समीकरणमा आएको परिवर्तनलाई एमालेद्वारा सकारात्मक रूपमा ग्रहण

सत्ता समीकरणमा आएको परिवर्तनलाई एमालेद्वारा सकारात्मक रूपमा ग्रहण

नयाँ गठबन्धनमा साथ समर्थनका लागि अन्य राजनीतिक दललाई अनुरोध


काठमाडौँ– सत्ता गठबन्धनको प्रमुख घटक नेकपा एमालेले सत्ता समीकरणमा आएको परिवर्तनलाई सकारात्मक रूपमा ग्रहण गरेको छ । 

पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले मुलुकको संकटको अवस्थाबाट पार लाउने जनतालाई आशा र विश्वास, मुलुकको स्थायित्व र विकासमा टेवा पुर्‍याउन एमालेले सकारात्मक भूमिका गर्नुपर्ने निष्कर्ष निकालेको हो । 

यस्तै बैठकले नयाँ गठबन्धनमा साथ समर्थनका लागि अन्य राजनीतिक दललाई पनि अनुरोध गरेको महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।

देशमा उत्पन्न निराशालाई चिर्न देशभित्रै केही हुनसक्छ भन्ने सकारात्मक सन्देश दिने प्रयाससहित अघि बढ्ने एमालेले बताएको छ ।