अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सिन्धुपाल्चोकको जिल्ला अधिवेशन चैत १६ मा हुने

एमाले सिन्धुपाल्चोकको जिल्ला अधिवेशन चैत १६ मा हुने


काठमाडौं-नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला अधिवेशनको मिति तय भएको छ।  

एमाले सिन्धुपाल्चोकको शनिबार बसेको पार्टीको बैठकले आगामी चैत १६, १७ र १८ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो। 

पार्टीको जिल्ला अधिवेशन जिल्ला सदरमुकाम चौतारामा गर्ने निर्णय भएको एमाले नेता शेरबहादुर तामाङले जानकारी दिनुभयो। पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा अधिवेशन गर्ने निर्णय बैठकले गरेको छ।