अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले ‘मिसन-८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेको छ: ईश्वर पोखरेल

एमाले ‘मिसन-८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेको छ: ईश्वर पोखरेल


काठमाडौं-नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले हाल ‘मिसन-२०८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेको बताउनु भएको छ।  ‘मिसन ८४’ अर्थात् विसं २०८४ मा हुने निर्वाचनमा देशको सबैभन्दा ठूलो दल बन्ने लक्ष्यका साथ एमाले अघि बढेको उहाँले बताउनु भयो।

शनिबार काठमाडौंमा आयोजित पार्टीको काठमाडौं महानगरपालिका ५ कमिटीको १२औं अधिवेशन उद्घाटन समारोहपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनु भएको हो।

अहिलेको नयाँ गठबन्धनले एमालेको ‘मिसन २०८४’ लाई कुनै प्रभाव नपार्ने नेता पोखरेलले बताउनु भयो। उहाँले मिसन ८४ को लक्ष्यलाई सहयोग पुर्‍याउने गरी एउटा स्टेपको रुपमा नयाँ गठबन्धनलाई लिएको भन्दै यसले मिसन ८४ लाई कुनै प्रभाव नपार्ने बताउनुभयो।

उहाँले भन्नभयो, ‘मिसन ८४ भनेको एउटा लक्ष्य हो। हामीले कुनै एउटा पार्टीले बहुमत नल्याएमा राजनीतिक अस्थिरताको शिलसिला सुरु हुन्छ भनेर नयाँ लक्ष्य तय गरेका हौं । त्यसका लागि नेकपा एमालेले बहुमत ल्याउन आवश्यक छ। त्यो बहुमत ल्याउनु भनेको आर्थिक विकास र समृद्धि एवम मुलुकमा राजनीतिक स्थायित्वको लागि हो। त्यसैले हाम्रो अहिलेको नयाँ गठबन्धनले मिसन ८४ लाई डाइभर्ट गर्दैन् । मिसन ८४ लाई लक्ष्य बनाएर हामी हिँडिरहेको छौं । त्यसैलाई सहयोग पुर्‍याउने एउटा स्टेपको रुपमा यो हो ।’

उहाँले एमालेले निर्वाचनमा पनि गठबन्धन गरेर नै जाने कि नजाने भन्ने कुरा अहिले भन्न नसक्ने अवस्था रहेको बताउनुभयो ।