अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नयाँ सत्ता गठबन्धनले जनतामा आशा जागेको छ: सुरेन्द्र पाण्डे

नयाँ सत्ता गठबन्धनले जनतामा आशा जागेको छ: सुरेन्द्र पाण्डे


काठमाडौंनेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नयाँ गठबन्धन बनेपछि जनतामा आशा जगाएको बताउनुभएको छ।

नेकपा एमाले रामेछाप-काठमाडौं सम्पर्क मञ्चको १२औँ सम्मेलनको शनिबार पार्टी केन्द्रीय कार्यालयमा उद्घाटन गर्दै उपाध्यक्ष पाण्डेले अघिल्लो सरकारले काम गर्न नसक्दा नागरिकमा निराशा बढेको बताउनुभयो।

नयाँ गठबन्धन बनेपछि देशका आर्थिक लगायतका मुद्दामा सुधार हुने आशा नागरिकमा बढेको प्रष्ट पार्नुभयो। यो सरकार र गठबन्धनका सामु धेरै चुनौती रहेका पनि पाण्डेले बताउनुभयो। अब पालो आयो भनेर उत्साहित भएर बस्ने नभई चुनौतीलाई सामना गर्ने क्षमता विकास गर्दै जानुपर्नेमा पाण्डेले जोड दिनुभयो। 

नेता पाण्डेले नयाँ बनेको गठबन्धनलाई दायाँ बायाँ गर्ने छुट नभएको बताउनुभयो। नयाँ गठबन्धनलाई संसद्को यो कार्यकालको पूरै समय टिकाउँदै नेपाली जनताको विकास र समृद्धिको चाहना पूरा गर्नुपर्ने उहाँले प्रष्ट पार्नुभयो । यसको प्रमुख दायित्व अब एमालेको काँधमा आएको पनि उहाँले बताउनुभयो ।  

नेकपा एमाले रामेछाप-काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष राकेश श्रेष्ठको अध्यक्षतामा भएको सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ।