अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी केन्द्रबाट मुसिकोट र चन्द्रकोटका अध्यक्ष एमालेमा प्रवेश

माओवादी केन्द्रबाट मुसिकोट र चन्द्रकोटका अध्यक्ष एमालेमा प्रवेश


गुल्मी – नेकपा माओवादी केन्द्रबाट मुसिकोट र चन्द्रकोट गाउँ कमिटी अध्यक्ष एमालेमा प्रवेश गरेका छन् ।

नेकपा माओवादी केन्द्र मुसिकोट नगर कमिटी अध्यक्ष युवराज खरेल र चन्द्रकोट गाउँ कमिटी अध्यक्ष नवीन केसी एमालेमा प्रवेश गर्नुभएको हो ।
शनिवार लोकतान्त्रिक आदिवासी जनजाती महासंघ लुम्बिनी प्रदेश कमिटीको दोस्रो अधिवेशनको कार्यक्रममा पूर्व गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापा बादल सहितका केन्द्रिय नेताले एमालेमा प्रवेश गराउनुभएको हो । एमालेमा प्रवेश गर्दै चन्द्रकोट गाउँ कमिटी अध्यक्ष नवीन केसीले कम्युनिष्ट शक्ति एक हुनुपर्छ भन्ने दवाव दिन एमालेमा प्रवेश गरेको बताउनुभयो ।
केन्द्रमा कम्युनिष्ट नेताहरु मिल्ने र फुट्ने प्रवृत्तिले गर्दा कार्यकर्तामा उत्साह घटदै गएकाले एकजुट हुनुपर्छ भन्ने मान्यताले यस्तो निर्णय गरेको बताउनुभयो ।