अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले झापाको अधिवेशन चैत १५ र १६ गते हुने

एमाले झापाको अधिवेशन चैत १५ र १६ गते हुने


बिर्तामोड – नेकपा एमाले झापाको ११ औं जिल्ला अधिवेशन आगामी चैत १५ र १६ गते बिर्तामोडमा हुने भएको छ । एमाले जिल्ला कमिटीको आज बसेको नवौं पूर्ण बैठकले अधिवेशनको मिति टुङ्गो लगाएको हो ।
बैठकले अधिवेशनको तयारी सुरु गर्ने निर्णय गर्दै आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । जिल्ला अधिवेशनमार्फत एमाले झापाको नयाँ नेतृत्व चयन हुन लागेको हो । अधिवेशनको उद्घाटन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जानुहुनेछ ।

एमाले झापाको अध्यक्षमा कार्यवाहक अध्यक्ष प्रेम गिरी र शिव ढुङगेल आकांक्षी रहेका छन् ।