अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुलुकको व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन भएन भन्ने कुरा गलत हो : अध्यक्ष ओली

मुलुकको व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन भएन भन्ने कुरा गलत हो : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन भएन भनेर हुने गरेको टिप्पणी सही नभएको बताउनुभएको छ ।

मोतीदेवी स्मृति केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिले ४० प्रतिशतको हाराहारीमा महिला जनप्रतिनिधिहरु रहेको उल्लेख गर्दै विगतमा त्यस्तो थियो भनेर प्रश्न गर्नुभएको छ ।
‘एउटा चर्चा चल्ने गरेको छ कि व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन । तर, अवस्थामा परिवर्तन आएको छ । अलि वर्ष अघिसम्म के थियो अवस्था ? अगाडि बढेको बहिनीहरु उहाँहरु मन्त्री भइसक्नु भएको छ । माननीय भइसक्नुभएको छ । नेता भइसक्नुभएको छ । पहिले पनि त्यस्तै थियो र समय ?’ ओलीले प्रश्न गर्नुभयो ।

अहिले संसदमा र सरकारी क्षेत्रमा ३३ प्रतिशत आरक्षणको व्यवस्था रहेको भन्दै उनले कानुनमा तोकिए भन्दा बढी महिला सहभागिता नगराउने प्रवृत्ति भने बेठीक भएको बताउनुभयो । ‘अब सामान्यतया सशक्तिकरणको बाटोबाट यसलाई बढाउँदै लगेर बराबरी पुर्‍याउने बाटोमा जानुपर्छ’, ओलीले भन्नुभयो ‘अवस्था फेरिएको छ, अवस्था पहिले भन्दा तुलना नै गर्न नसक्ने गरी राम्रो भएको छ । यसलाई अझ पूर्ण रुपमा राम्रो अवस्थामा पुर्‍याउने हाम्रो अगाडि जिम्मेवारी छ ।’