अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपाका दुई मन्त्री र एक राज्यमन्त्रीमा आज सपथ ग्रहण गर्दै

जसपाका दुई मन्त्री र एक राज्यमन्त्रीमा आज सपथ ग्रहण गर्दै


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी जसपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।

जसपा पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुँदै छ । यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री सम्हाल्ने छन् । जसपाका अर्का नेता नवलकिशोर साहलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । जसपाकै दीपक कार्की स्वास्थ्य राज्यमन्त्री हुनेछन् । उनीहरुले आज शपथ ग्रहण गर्ने भनिए पनि समय निश्चित भइसकेको छैन । बालुवाटार स्रोतका अनुसार आज जसपाका मन्त्रीहरुलाई सपथ ग्रहणको तयारी छ ।