अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ उदयपुरको अध्यक्षमा राई 

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ उदयपुरको अध्यक्षमा राई 


उदयपुर-नेकपा एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ उदयपुरको अध्यक्षमा राजकुमार राई सर्वसहमत चयन भएका छन्। आइतवार सम्पन्न महासंघको दोस्रो जिल्ला अधिवेशनले राईको नेतृत्वमा ४६ सदस्य जिल्ला कार्य कमिटी चयन गरेको हो। सर्वसहमत चयन भएको अध्यक्ष मण्डलका अध्यक्ष हरीप्रसाद थलङ्गले जानकारी दिनुभयो।

कमिटीको उपाध्यक्षमा पर्शुराम चौधरी र तारादेवी जोशी चयन हुनुभएको छ। यसैगरी सचिवमा हेमबहादुर तामाङ्ग, उपसचिवमा राजु तुलाधार, उदयराज भुजेल र कोषाध्यक्षमा ताराकुमारी मगर चयन हुनुभएको छ।

त्यसैगरी सदस्यहरुमा सागर हायु, गंगाबहादुर तामाङ्ग, राजिव राई दनुवार, मिनामाया दनुवार, झम्कनारायण श्रेष्ठ, रुद्रबहादुर मगर, तिजा मगर, बासुकुमार राई, गेल्वु शेर्पा, शिवकुमार राई, लक्ष्मीनारायण चौधरी, विजयकुमार लेखी रहेका छन्।

त्यसैगरी रामप्रसाद आले, एमिता राई, प्रदिपकुमार राई, राजिन्द्र राई, लोकबहादुर तामाङ्ग, मनोज समाल, शिलाकुमारी श्रेष्ठ, कविता राई, निताकुमारी मगर, कुन्तमाया मगर, बिष्णु तामाङ्ग, रुद्र श्रेष्ठ, प्रकाश राई, प्रताप राना, दत्तकुमारी राई रहेका छन् ।
त्यस्तै कमिटीमा अम्वेवर राई, जानकीदेवी चौधरी, विजय हुजदार, चित्रबहादुर मगर, शम्भु तामाङ्ग, गौरी श्रेष्ठ, रिता चौधरी, सन्तोष तामाङ्ग, प्रेमबहादुर राई, श्रीकुमार राई, कुवेरकुमार मगर र बद्रिनारायण चौधरी रहेको थलङ्गले जानकारी दिनुभयो।

२०८० फागुन २६ गते शनिवारबाट शुरु भएको अधिवेशनको बन्दशत्रले आइतबार दिउँसो नेतृत्व चयन गर्दै सम्पन्न भएको हो।

नेकपा एमालेको केन्द्रीय सदस्य तथा लोकतान्त्रिक आदिवासी जनजाति महासंघका अध्यक्ष  पासाङ शेर्पा प्रमुख अतिथि हुनुहुन्थ्यो।

त्यसैगरी कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा पालिका ईन्चाज अम्बिका थापा, एमाले काेशी प्रदेश कमिटी सदस्य ईश्वरमणी राउत, प्रकाश कुमार बस्नेत, एमाले काेशी प्रदेश कमिटी सदस्य एवं लोकतान्त्रिक आदिवासी जनजाति महासंघका उपमहासचिव देवराज राई साथै एमाले उदयपुर जिल्ला अध्यक्ष प्रमेश्वर घिमिरे प्रदेश सल्लाहकार बैकुण्ठनाथ दाहाल लगाएत एमाले नेताहरुले सम्बोधन गर्नु भएको थियो।

आदिवासी जनजाति महासंघ उदयपुर जिल्ला कमिटीका अध्यक्ष धर्म बहादुर तामाङको अध्यक्षतामा भएको सो कार्यक्रममा उदयपुर जिल्लाका ८ वटै पालिकाका करीब ५ सय प्रतिनिधि सहभागी थिए।

आदिवासी जनजातीको पहिचान एमालेले दिएको हो: पासाङ शेर्पा

नेकपा एमालेको केन्द्रीय सदस्य तथा लोकतान्त्रिक आदिवासी जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पाले अहिले पहिचानवादीहरले गरेको आन्दोलन मिथ्याको आन्दोलन भएको र खासमा आदिवासी जनजातिहरुको पहिचान नेकपा एमालेले दिलाएको बताउनु भयो । उहाँले आदिवासी जनजातीहरुको पहिचान नेकपा एमालेले दिलाएको स्पष्ट पार्नुभयो।

शेर्पाले एमालेका नेता अमृतकुमार बोहरा स्थानीय विकास मन्त्री भएको समयमा आदिवासी जनजातीको पहिचान दिलाउनका लागि आयोग गठन गरेर सुचिकरण गरेको बताउनु भयो।

कार्यक्रममा नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा उदयपुर इन्चार्ज पर्शुराम मेघी गुरुङले नेकपा एमालेले आदिबासी जनजातीका पक्षमा र उत्थानकालागि निरन्तर लागि परेको बताउनु भयो।