अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बझाङ उपनिर्वाचन: एमालेबाट तीन जनाको नाम सिफारिस

बझाङ उपनिर्वाचन: एमालेबाट तीन जनाको नाम सिफारिस


काठमाडौं-नेकपा एमाले बझाङले आसन्न उपनिर्वाचनका लागि उम्मेदवार चयनका लागि तीन जनाको नाम सिफारिस गरेको छ। 

उपनिर्वाचनमा उम्मेदवारका लागि दमन भण्डारी, राधा विष्ट र जुना जाग्रीको नाम सिफारिस गरिएको हो। 

भण्डारी एमाले बझाङका अध्यक्ष हुन्। विष्ट एमाले जिल्ला कमिटी सदस्य हुन्। जाग्री २०७४ सालमा जयपृथ्वी नगरपालिकामा उपमेयरमा निर्वाचित हुनु भएको थियो । प्रदेश सभा क्षेत्रीय निर्वाचन समन्वय कमिटीले उम्मेदवार सिफारिसका लागि मतदान गरेको थियो। 

सुदूरपश्चिम प्रदेश कमिटीले फागुन ३० भित्र उम्मेदवार सिफारिस गर्न जिल्ला कमिटीलाई निर्देशन दिएको थियो। 

निर्वाचन आयोगले अगामी १५ वैशाखमा उपनिर्वाचनको मतदान तोकेको छ। बझाङ १(१) बाट निर्वाचित नेपाली कांग्रेसका सांसद पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा परेर निधन भएपछि रिक्त भएको सो क्षेत्रमा उपचुनाव हुन गइरहेको हो।