अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इलामको उपनिर्वाचनमा उम्मेदवार बन्न सुहाङ नेम्वाङ पनि दाबी

इलामको उपनिर्वाचनमा उम्मेदवार बन्न सुहाङ नेम्वाङ पनि दाबी


काठमाडौँ– आगामी १५ वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेबाट उम्मेदवारीका लागि सुहाङ नेम्वाङले निवेदन दिनुभएको छ । सुवासचन्द्र नेम्वाङका पुत्र सुहाङले हिजो उम्मेदवारका लागि पार्टीमा निवेदन दिनुभएको हो । 

संविधानसभाका अध्यक्ष एवम् पूर्वसभामुख नेम्वाङको निधन भएपछि इलाम–२ मा उपनिर्वाचन हुँदैछ । यसका लागि उहाँका छोरा सुहाङले पनि उम्मेदवार बन्न पार्टीमा निवेदन दिनुभएको हो ।  

एमाले इलामका अनुसार हालसम्म उम्मेदवार बन्नका लागि चार जनाले निवेदन दिनुभएको छ ।  सुहाङसहित बुद्धि खनाल, रवीन्द्र सुवेदी र देवी क्षेत्री दुलालले निवेदन दिनुभएको हो ।