अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीद्वारा ग्याल्पो ल्होछार पर्वको शुभकामना व्यक्त 

एमाले अध्यक्ष ओलीद्वारा ग्याल्पो ल्होछार पर्वको शुभकामना व्यक्त 


काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ग्याल्पो ल्होछार पर्वको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत शेर्पा र उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको नयाँ वर्ष ग्याल्पो ल्होछारको शुभकामना व्यक्त गर्नुभएको हो । 

अध्यक्ष ओलीले भन्नुभएको छ,’महायानी बौद्ध परम्परा अनुसार आज नयाँ वर्ष, अर्थात् शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार । ग्याल्पो ल्होसारको सबैलाई शुभकामना !!’

ल्होछार पर्वका अवसरमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से सबैजना मिलीजुली खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा छ ।