अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले गोरखाको अध्यक्षमा सुरेन्द्रबहादुर थापा निर्वाचित 

एमाले गोरखाको अध्यक्षमा सुरेन्द्रबहादुर थापा निर्वाचित 


काठमाडौँ– नेकपा (एमाले) गोरखाको अध्यक्षमा  सुरेन्द्रबहादुर थापा निर्वाचित हुनुभएको छ । एमाले गोरखाको आठौँ जिल्ला अधिवेशनबाट  थापा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।  

आज बिहान सकिएको मतगणनाअनुसार थापाले निवर्तमान उपाध्यक्ष कृष्ण नेपालीलाई ७५ मतले पराजित गर्नुभएको छ । उहाँले २८० मत ल्याउँदा  नेपालीले २०५ मत ल्याउनुभयो ।  

उपाध्यक्षमा मेनबहादुर अधिकारी र सचिवमा काजिराम रोका निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । यस्तै उपसचिवमा खुलातर्फ मनोज जोशी र महिला उपसचिवमा शान्ति चापागाईं निर्वाचित हुनुभएको छ ।