अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले दलका नेता दाहाल सहितको समर्थनमा राष्टियसभा अध्यक्षमा नारायण दाहालको उम्मेद्वारी दर्ता

एमाले दलका नेता दाहाल सहितको समर्थनमा राष्टियसभा अध्यक्षमा नारायण दाहालको उम्मेद्वारी दर्ता


काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद नारायण दाहालले राष्ट्रिय सभा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्नु भएको छ ।

संघीय संसद नयाँ बानेश्वरमा आज दाहालले उम्मेदवारी दर्ता गर्नु भएको हो ।

दाहालको प्रस्तावक माओवादीका सांसद गोपीबहादुर सार्की छन्।
समर्थकमा नेकपा एमालेका सांसद देवेन्द्र दाहाल, नेकपा एकीकृत समाजवादीका सांसद बेदुराम भुसाल र जसपा सांसद मोहम्मद खालिद छन्।

मंगलबार राष्ट्रिय सभा अध्यक्ष पदका लागि चुनाव हुनेछ। राष्ट्रिय सभामा १८ सांसदसहित माओवादी सबैभन्दा ठूलो पार्टी छ। एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३ जना सांसद छन्।