अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता


काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेटवार्ता भएको हो।

उहाँहरुबीच राष्ट्रियसभा अध्यक्ष निर्वाचन, विश्वासको मत, सरकारका साझा न्यूनतम कार्यक्रम लगायतका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ। 

राष्ट्रियसभा अध्यक्षको निर्वाचन मंगलबार हुँदैछ भने समीकरण फेरिएपछि प्रधानमन्त्रीले बुधवार संसदबाट विश्वासको मत लिँदैहुनुहुन्छ । त्यसैगरी सत्ता गठबन्धनले गठन गरेको राजनीतिक संयन्त्रको सुझावका आधारमा सरकारका साझा न्यूनतम कार्यक्रम तय गर्ने तयारी छ ।