अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज राष्ट्रियसभा अध्यक्षको निर्वाचन हुँदै, गठबन्धनका उम्मेदवारको जित निश्चित

आज राष्ट्रियसभा अध्यक्षको निर्वाचन हुँदै, गठबन्धनका उम्मेदवारको जित निश्चित


काठमाडौँ– आज राष्ट्रियसभा अध्यक्षको निर्वाचन हुँदैछ । बिहान ११:९ बजे बस्ने राष्ट्रियसभा बैठकमा अध्यक्षको निर्वाचन हुने भएको हो ।

अध्यक्षका लागि कांग्रेसबाट युवराज शर्मा र सत्ता गठबन्धनबाट नारायण दाहालले उम्मेदवारी दर्ता गराएको संघीय संसद् सचिवालयले जनाएको छ ।

निर्वतमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना यही फागुन २० गते कार्यकाल सकेर बिदा भएपछि यो पदमा चुनाव हुन लागेको हो ।

राष्ट्रियसभामा पहिलो दल माओवादीसँग एक मनोनीत र उपाध्यक्षसहित १८ सदस्य छन् । एमालेका १०, एकीकृत समाजवादीका आठ, जसपाका तीन सांसद छन् । राष्ट्रियसभाका उपाध्यक्षसहित ३९ सांसद सत्ता गठबन्धनका तर्फबाट छन् । फलतः गठबन्धन तर्फका उम्मेदवार दाहालको जित प्रायश्चित छ । शर्माको पक्षमा  कांग्रेसका १६ र लोसपाका एक सांसद रहेका छन् ।