अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेता बास्कोटाकाे व्यङ्ग्य– राजनीतिमा असम्भव भन्ने शब्दावली डिलिट गरिदिए

नेता बास्कोटाकाे व्यङ्ग्य– राजनीतिमा असम्भव भन्ने शब्दावली डिलिट गरिदिए


काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटाले आफूले राजनीतिमा असम्भव भन्ने शब्दावली डिलिट गरिदिएको बताउनुभएको छ । नेकपा एकीकृत समाजवादीप्रति व्यङ्ग्य गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

एकीकृत समाजवादीको हिजो बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग लिखित सहमतिपछि मात्रै सरकारलाई विश्वासको मत दिने निर्णय गरेको थियो । एकीकृत समाजवादीले अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने माग गरेको हो । 

तर यसमा सत्ता साझेदार दल नेकपा एमाले र माओवादी केन्द्रले सहमति जनाएका छैनन् । एकीकृत समाजवादीले लिखित सहमति नजनाए प्रधानमन्त्रीलाई विश्वासको मत नदिने उसको अडान छ । 

आज सामाजिक सञ्जालमा लेख्दै नेता बास्कोटाले भन्नुभयो,  ‘एक वर्ष प्रम ग्यारेन्टी हुने प्रचण्ड पत्र मेटमणीले माधव नेपाललाई दिलाएरै छाड्ने पक्का देखियो । राजनीति हो,असम्भव भन्ने शब्दावली डिलिट हान्दिए ल ! जे पर्छ परोस् ।’

प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन भत्काएर एमालेसँग नयाँ सत्ता समीकरण गरेपछि एकीकृत समाजवादी पनि सरकारमा सहभागी भएको छ । यसअघि कांग्रेससँगको गठबन्धनमा माधव नेपाललाई एक वर्ष प्रधानमन्त्री बनाउने सहमति भएको थियो ।