अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीद्वारा इस्लाम धर्मावलम्बीको रमजानको शुभकामना व्यक्त 

एमाले अध्यक्ष ओलीद्वारा इस्लाम धर्मावलम्बीको रमजानको शुभकामना व्यक्त 


काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान मुबारक  महिनाको शुभकामना व्यक्त गर्नु भएको छ । आजदेखि सुरु भएको इस्लाम धर्मावलम्बीको महान् पर्व रमजानको अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत शुभकामना दिनुभएको हो । 

उहाँले लेख्नुभएको छ,’इस्लाम धर्मावलम्बीको पवित्र पर्व रमजान आजदेखि सुरु भएको छ । रमजान अवधिभर एक महिनासम्म मुस्लिम समुदाय दिनभर निराहार बस्छन् । सबैलाई रमजानको शुभकामना !!’

इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान मुबारक महिना आजदेखि सुरु हुने भएको छ । एक महिनासम्म चल्ने यस पर्वमा मुसलमानहरु दिनभर निराहार बस्छन् । 

सूर्योदय हुनुअघि अर्थात् बिहानको नमाज पढ्नुअघि केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज (मगरिब)को आजान सुनेर खोल्ने चलन छ । निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने तालिका पनि परिवर्तन भइरहन्छ ।