अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तीन दलका शीर्ष नेताबिच भेटवार्ता, एकीकृत समाजवादीका मागबारे छलफल

तीन दलका शीर्ष नेताबिच भेटवार्ता, एकीकृत समाजवादीका मागबारे छलफल


काठमाडौँ– सत्ता साझेदार तीन दल नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताबिच भेटवार्ता भएको छ ।

आज बिहान संसद भवन नयाँ बानेश्वर माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबिच भेटवार्ता भएको हो । 

उहाँहरुबिच समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा राष्ट्रियसभा अध्यक्ष, प्रधानमन्त्री प्रचण्डको विश्वासको मत लगायतको विषयमा छलफल भएको हो ।

हिजो बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले आफ्ना मागबारे प्रधानमन्त्रीले लिखित सहमति नगरे राष्ट्रियसभाको अध्यक्षमा र सरकारलाई विश्वासको मत नदिने चेतावनी दिएको थियो । 

एकीकृत समाजवादीका मागका बारेमा छलफल गर्न सत्ता साझेदार तीन दलका शीर्ष नेताबिच भेटवार्ता भएको हो । 

आज राष्ट्रियसभा अध्यक्षको निर्वाचन हुँदैछ भने प्रधानमन्त्रीले भोलि विश्वासको मत लिनुहुनेछ ।