अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशको बरबादी भएको टुलुटुलु हेरेर बस्न नसकेकाले सरकार परिवर्तन गर्‍यौँ: अध्यक्ष ओली

देशको बरबादी भएको टुलुटुलु हेरेर बस्न नसकेकाले सरकार परिवर्तन गर्‍यौँ: अध्यक्ष ओली


काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले देश बरबादीतर्फ जान लागेकाले सत्ता समीकरण फेरबदल गरेको बताउनु भएको छ।

मंगलबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले सरकारमा जान हतार नभएर गठबन्धन नभत्काएको दाबी गर्नुभयो।

उहाँले भन्नभयो, ‘यो समीकरण हामीलाई सरकारमा जान हतारोले होइन। देशको बर्बादी टुलुटुलु हेरेर बस्न गाह्रो भयो। मैले तपाईंहरुलाई भनेको थियो- यो गठबन्धन खरानीको डल्लो हो जे गरे पनि फुट्छ भनेर। गठबन्धनमा हुनेवालाहरूको उन्माद थियो। देशको लागि खरानीको डल्लो फुट्नुपर्थ्यो फुट्यो। यो परिवर्तन हामीले गरेका हौँ। त्यसको जस त दिनुस्। यति सानो कुरालाई कहाँ चीन पुर्‍याइरहेको छ। यस्तो खालको कुरा नगर्नुस्। हामीले यति धेरै मेहनत गरेपछि यसको जस हामीलाई दिनुस्।’