अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रीहरूलाई अध्यक्ष ओलीको निर्देशन: जनताले देख्ने गरी काम गर्नू

मन्त्रीहरूलाई अध्यक्ष ओलीको निर्देशन: जनताले देख्ने गरी काम गर्नू


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारमा सहभागी मन्त्रीहरूलाई जनताले देख्ने गरी काम गर्न निर्देशन दिनु भएको छ।

मंगलबार बानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकमा ओलीले परिवर्तन ल्याउने गरी काम गर्न निर्देशन दिनु भएको हो।

उहाँले भन्नुभयो, ‘म मन्त्रीज्यूहरूलाई जनताले देख्ने गरी, अनुभव गर्ने गरी सकारात्मक काम गर्न आग्रह गर्दछु। अहिलेका चुनौतीको सामना गर्ने, अहिलेको परिस्थितिमा परिवर्तन ल्याउने गरी काम गर्न आग्रह गर्छु।’

अध्यक्ष ओलीले हिन्दी चलचित्र ‘नायक’ तर्फ इंगित गर्दै त्यसमा जस्तै चटक देखाएर काम नचल्ने तर्फ मन्त्रीहरूलाई सचेत गराउनुभयो। हिन्दी चलचित्र ‘नायक’मा मुख्यमन्त्रीको भूमिकामा रहेका अमरेश पुरीको चुनौती स्वीकार्दै अभिनेता अनिल कपुर एक दिने मुख्यमन्त्री बन्दै कयौँ सुधारका काम गरेको देखाइएको थियो। 

‘अपारदर्शी र भ्रष्ट क्रियाकलाप नगर्नुस्। अन्धाधुन्ध हिँडेर दिन काटेर मात्रै हुँदैन’, उहाँले भन्नुभयो, ‘हामीले एक दिने मुख्यमन्त्री भनेजस्तो चलचित्र बनाउने होइन, समाज परिर्वतनका लागि लागेका छौँ। चलचित्रमा देखाउने चटक सरकारमा चल्दैन। जनताले महसुस गर्ने र देख्ने गरी काम गर्नुस्।’

अध्यक्ष ओलीले मन्त्रीहरूलाई योजना बनाएर काममा अघि बढ्न सुझाव दिनुभएको छ। उहाँले आराम गर्ने बेला गर्ने, सुत्ने बेला सुत्ने तर कम गर्नुपर्ने बेला दायाँबायाँ गर्न नहुनेतर्फ पनि मन्त्रीहरूलाई सचेत गराउनु भयो।