अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय सभाका अध्यक्ष दाहालद्वारा शपथ

राष्ट्रिय सभाका अध्यक्ष दाहालद्वारा शपथ


काठमाडौं-राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

राष्ट्रपति भवन शितल निवासम आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले दाहाललाई शपथ गराउनु भएको हो।

राष्ट्रपतिको कार्यालय महाराजगञ्‍जमा आयोजित एक समारोहबीच दाहालले शपथ लिँदा उच्च पदस्थ व्यक्तित्वहरू पनि उपस्थित थिए। 

मंगलबार राष्ट्रिय सभामा भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ। मतदानमा ५६ जना सांसद उपस्थित थिए ।

दाहाल सत्तारुढ दलहरुको तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो। उहाँलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन गरेका थिए ।